तमु साँस्कृत्क प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा यही पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम आयोजना गरि भव्यताका साथ सम्पन्न गरेको छ ।
२०५८ सालमा विधिवत रुपमा दर्ता गरि गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको यो संस्था जापानमा गठन भइ नेपालमा गुरुङ समुदाय बीच एक गतिशील सामाजिक संस्थाको रुपमा परिचित छ । २५ बर्षको दौरानमा रहेको यो संस्थाले रजत जयन्तीको अवसर पारेर संस्थाका संस्थापक सदस्यहरू, आजिवन सदस्यहरु, सल्लाहकारहरु, अक्षयकोषदाताहरु एवम् शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम आयोजना गरेको हो । लामो समयदेखी भेटघट हुन नसकेका व्यक्तित्वहरु तथा कामको व्यस्तताले रमाइलो माहोलमा आफूलाई समाहित गर्न अवसर नमिलेका व्यक्तिहरुलाई जमघट गराई खुशीर आफ्ना भावनाहरु साट्न पाउँदा असाध्य मन प्रफुल्लित भएको माहोल कार्यक्रममा देख्न सकिन्थ्यो ।

कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए । गायक राजबहादुर गुरुङ, सङ्गिता गुरुङ, डविन गुरुङ र प्रकाश रानाका सुमधुर आवाजले कार्यक्रममा थप रौनक थपिएको थियो । संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङद्वारा तयार पारिएको स्थापनाकालदेखि २५ वर्षसम्म भएका संस्थाका गतिविधिहरु समेटिएको डकुमेन्ट्री समेत प्रस्तुत गरिएको यस कार्यक्रममा टेक गुरुङ, धीरबहादुर गुरुङ, पदमशोभा गुरुङ, मनकुमारी गुरुङ र हुमबहादुर गुरुङले आजिवन सदस्यता ग्रहण गर्नुभयो भने दरौं सिरुबारी, हाल युके निवासी सीता गुरुङ्द्वारा रु १०,१०५/- र संस्थाका पूर्व कोषाध्यक्ष भिमकाजी गुरुङ र उहाँकि धर्मपत्नी विष्णु गुरुङद्वारा रु. २०,१००/- कार्यक्रम सफलताका लागि शुभकामना स्वरुप आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रममा सहयोग र सेवाको भावनाले ओतप्रोत भएका पर्वत राम्जाकोट, हाल पोखरा नयाँ गाउँ निवासी, तमु धीं जापानका संस्थापक अध्यक्ष, वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङ/परनिता गुरुङले रु. १,२५,०००/- (अक्षयरुपी एक लाख पच्चीस हजार मात्र) रकम बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।
संस्थाका प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीजङ गुरुङले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सह-सचीव लोकबहादुर गुरुङ तथा द्वितीय उपाध्यक्ष ओम गुरुङले गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







