घर भाडा सरोकार समितिको अध्यक्षमा चापागाईं


     एभरेस्ट आवाज    
     पौष ६ गते २०८२ मा प्रकाशित




पोखरा, पुस ६

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा कृष्णप्रसाद चापागाईं चयन भएका छन् । समितिको हालै सम्पन्न भएको अधिवेशनले चापागाईंको अध्यक्षतामा आगामी ३ वर्षका लागि नया नेतृत्व चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी, उपाध्यक्षमा शोभाकान्त शर्मा, महासचिवमा जगतमोहन गिरी, सचिवमा बेदुनाथ लामिछाने, कोषाध्यक्षमा योगमाया बराल र सहकोषाध्यक्षमा अमृत घिमिरे चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दीनेश पौडेल, लक्ष्मी गौतम, चिरञ्जिवी लामिछाने, रामप्रसाद काफ्ले र कृष्ण वाग्ले चयन भएको निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेले जानकारी दिए ।

यसअघि अधिवेशनको घरबहाल सरोकार महासंघका कार्यबाहक अध्यक्ष अधिवक्ता बलभद्र खानालले उद्घाटन गरेका थिए । निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम, चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, साहित्यकार बिष्णु बास्तोला, फर्निचर तथा फर्निसिङ्का अध्यक्ष थोमलाल अर्याल, पृथ्वी होटल व्यवसाीय समितिका अध्यक्ष मोतिप्रसाद श्रेष्ठ लगायले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।