म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरी पोखरेबगर–घार–चित्रे सडक स्तरोन्नति थालेको हो । यो पोखरा देखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोक देखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए । उनले भने, “सडक ढलान भएपछि घोडेपानी–पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ ।”
२१ किलोमिटर दुरीको यो सडकअन्तर्गत चित्रे–घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ । पोखरेबगर–बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बिनियोजन गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






