अंग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा पोखरामा दीप साँझ २०८२ हुने भएको छ ।
“संगीत समुदायको लागि र सद्भावको लागि” भन्ने उद्धेश्य सहित नवौं संस्करणको दीप साँझ यही पौष १२ गते पोखरा १६ दीप चोकस्थित मनिपाल कलेज रोडमा संचालन हुने कार्यक्रम संयोजक राजेश गुरुङ राजुले जानकारी दिए ।दीप युनाईटेड क्लव मातहतको दीप युनाईटेड परिवारको आयोजनामा साँझ ५ बजेपछि शुरु हुने कन्सर्ट करिब ५ घण्टासम्म हुने उनले जानकारी दिए । नेपाली पन जोगाउँदै संगीत मार्फत सद्भाव कायम गर्न कार्यक्रम आयोजना गरिएको संयोजक गुरुङले बताए । उनले तमु ल्होसार र अन्य नेपालीजनका चाडपर्वलाई पनि लक्षित गरी विगत नौं बर्षदेखि निरन्तर रुपमा कार्यक्रम गर्दै आईरहेको बताए ।
दीप साँझमा तृष्णा गुरुङ एण्ड दि कोलाब, जोन एण्ड दि लोकल्स र दि सिक्सटिन वर्डस लगायतका सांगीतिक समुहको प्रस्तुती रहने छ ।कन्र्सटमा गायिका तृष्णा गुरुङ र उनको व्याण्ड सहितका अन्य व्याण्डले आफ्ना चर्चित गीत प्रस्तुत गर्ने बताईएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यसअघिका कन्सर्ट भन्दा थप व्यवस्थित र सांगितीक बनाउने प्रयासमा आफुहरु लागिरहेको संयोजक गुरुङले जानकारी दिए ।
कार्यक्रमलाई जि एण्ड के ईन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी,सुर्योदय बोर्डिङ स्कुल, निट डेन्टल, ढिंकी डाँडा रिर्सोट,सोर्मस्वी, एक्ट्रिम, माध्यम, हक सेक्युरिटी, रिवेल, एस के साउण्ड सहित दीप गाईजका बिभिन्न देशमा रहेका समुहले सहयोग गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






