पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले भलिवलका राष्ट्रिय खेलाडी योगेन्द्रबहादुर बस्नेतलाई पुरस्कार अर्पण सहित सम्मान गर्ने भएको छ ।
क्लवको २९ औं बार्षिक साधारण सभाको अवसरमा यही पौष १० गते बाटुलेचौरमा हुने कार्यक्रममा खेलाडी बस्नेतलाई क्लवद्वारा स्थापित ‘उदयबहादुर बस्नेत स्मृति भलिबल’ पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष मोहनबहादुर थापाले जानकारी दिए । सो पुरस्कार भलिवल खेलको विकासमा योगदान पुर्याउने खेलाडी वा संस्थालाई प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिन्छ।
नगद १५ हजार रुपैयाँ, सम्मानपत्र र सल सहित पुरस्कार अर्पण गरिने बताईएको छ । संस्थापक अध्यक्ष तीर्थमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बर्षभरी उत्कृष्ट कार्य गर्ने सदस्यलाई पनि सम्मान गरिने क्लवले जनाएको छ ।
सोही दिन क्लवको मातहतमा रहेको बाटुलेचौर हिमालय कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा पनि सम्पन्न हुने जनाईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






