सन्देश श्रेष्ठ
पोखरा, पुस ९
पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको २२ औं श्रृंखला यहि पुस ११ गते शुक्रबारदेखि हुने भएको हो । पुस २२ गतेसम्म हुने प्रतियोगितामा तीन देशका एक सय बढी टेनिस खेलाडीको सहभागिता रहने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा महिला तथा पुरुषको एकल र युगल दुबैतर्फ ३५ वर्षमाथि, ४५ माथि, ५५ वर्षमाथि र ६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए । उनका अनुसार खुल्लातर्फ महिला तथा पुरुष एकलतर्फको बिजेताले नगद ८० हजार, उप–बिजेताले नगद ४० हजारसहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २०÷२० हजारसहित मेडल प्राप्त गर्ने उनले बताए ।
पुरुष तथा महिला युगलतर्फ बिजेताले नगद ३० हजार, उप–बिजेताले नगद १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए । त्यस्तै, ३५ वर्ष माथिको एकलतर्फको बिजेताले नगद ६० हजार, उप–बिजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५÷१५ हजारसहित मेडल प्राप्त गर्नेछन् । यसैगरी, ३५ वर्ष माथिको युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले नगद १०÷१० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए ।
४५ वर्ष माथिको एकलतर्फको बिजेताले नगद ४० हजार र उप–बिजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ । ४५ वर्ष माथिको युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने उनले बताए ।
त्यस्तै, ५५ वर्ष माथिको एकलतर्फको बिजेताले नगद ३० हजार र उपबिजेताले १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ । ५५ वर्ष माथि युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले नगद १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिउ ।
६५ वर्ष माथि एकलतर्फको बिजेताले नगद १५ हजार र उप–बिजेताले ७ हजार ५ सयसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २५÷२५ सयसहित मेडल प्राप्त गर्नेछन् भने ६५ वर्ष माथि युगलतर्फको बिजेताले नगद १० हजार र उप–बिजेताले ५ हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजकुमार गुरुङले नियमित प्रतियोगिताले कास्कीको टेनिस खेलको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने,‘प्रतियोगिताले टेनिस खेललाई व्यवसायीक बनाएको छ, खेलाडीले एक्सपोजर पनि पाएको छ ।’
सचिव भिष्मराज पौडेलले टेनिसको विकास र प्रवद्र्दनमा प्रतियोगिता कोशेढुंगा सावित हुँदै आएको बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले प्रतियोगिता सफल बनाउन मिडियाले सघाउने प्रतिबद्दता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







