रोटरी क्लब अफ पोखरा न्यूरोडद्वारा आर्बा बिजय माविमा कम्प्युटर र स्टेशनरी सामग्री वितरण


     एभरेस्ट आवाज    
     पौष ९ गते २०८२ मा प्रकाशित




रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखरा–१३ मा रहेको आर्बा बिजय माध्यमिक विद्यालयमा एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ ।कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल र सो वडाका जनप्रतिनिधि रजनी परियारले रोटरी क्लब अफ पोखरा न्यूरोडप्रति धन्यवाद व्यक्त गर्दै सहयोगले विद्यालयको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

क्लबका प्रेसिडेन्ट इलेक्ट राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले क्लबद्धारा शिक्षा र स्वास्थ्य लगायत ग्रामीण क्षेत्र का गृहिणीहरुको लागि वितरण गरेको विद्युतिय चुलो निकै प्रभावकारी रहेको बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुभाष सिग्देल, अब्राहम खान, टुबराज बास्तोला र पुष्पकमल पौडेल लगायतले रोटरी क्लबले शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा गर्दै आएको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

क्लबका अध्यक्ष अमृत बास्तोलाले आगामी दिनमा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने जानकारी दिए । क्लबको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको यस कार्यक्रमले क्लबका सदस्यहरुलाई हौसला प्रदान भएको उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।