कास्कीको माछापुच्छ्रे ९ सैतिखोलामा रहेको गौरी शकंर मनिलाल माविको ५४ औँ वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले स्थापनाकाल देखि विद्यालय बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै सामुदायिक विद्यालयको स्थायित्वमा जोड दिँदै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताए । गौरीशङ्कर मा।विमा खेलकुद मैदानको अभाव रहेको विद्यालयले पटक पटक पालिकालाई जानकारी दिएको बताउँदै उनले खेल मैदान व्यवस्थापनका लागि पालिकाबाट आगामी दिनमा आवश्यक सहजीकरण गरिने थप उल्लेख गरे ।
उपाध्यक्ष सीता अधिकारीले शिक्षाको महत्वलाई पालिकाले आत्मसात् गर्दै पालिका स्तरबाट गुणस्तरीय शिक्षाका लागि प्राथमिकता आधारमा आवश्यक कदमहरूलाई निरन्तरता दिँदै आएको बताईन् । शिक्षामा अमूल परिवर्तनका लागि, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व, राजनितिक दल एवं शिक्षा प्रेमीहरू एक हुन आग्रह गरिन् । उनले आफू अध्ययन गरेको विद्यालय रहेको बताउँदै बाल्यकालको स्मरण गरिन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रक्ष बहादुर क्षेत्रीले प्र अको प्रतिवेदनमा विद्यालयको आयव्यय विवरण,शैक्षिक सुधारका लागि विद्यालयद्वारा चालिएका कदमहरू र भावी योजना प्रस्तुत गरे । वार्षिकोत्सव समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं.५का अध्यक्ष नारायण प्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय अंगेजी शाखा प्रमुख युवराज दवाडी, विव्यसका पूर्व अध्यक्ष गौरी प्रसाद दाहाल , विद्यालयका संस्थापक प्रतिनिधि, मनीलाल प्रतिष्ठान अध्यक्ष एवं वडा न ९ वडा सदस्य रामहरि गुरुङ , अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम, अक्षयकोषदाता सूर्य बहादुर योनजन ,पूर्व विद्यार्थी प्रज्वलन क्षेत्री, लगायतले धारण राखेका थिए ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहत्तर विकासका लागि योगदान पु¥याउने शिक्षक कर्मचारी, अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोषदाता,जग्गादाता लगायत विभिन्न अक्षयकोषदाताबाट स्थापना गरिएका सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, सर्वोत्कृष्ट नतिजा पुरस्कार लगायतका,दिर्घ सेवा एवं विभिन्न विधाका सम्मान तथा शैक्षिक सँगै अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख तामाङको अध्यक्षता भएको कार्यक्रममा विद्यार्थी निलम गुरुङको स्वागत मन्तव्य र सञ्चालन शिक्षक मीनराज पौडेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





