विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८२ मा प्रकाशित




पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अङ्ग्रेजी संवाद कार्यक्रम सम्पन्न भएको छ ।

आधारभूत तथा मावि तह तर्फका विद्यार्थी सहभागि प्रतियोगितामा कक्षा ७ का छात्राहरु सविता सुनार र सुजना सुनार प्रथम र कक्षा ६ का छात्राहरु केञ्जल जिसी र एलिसा न्यौपाने द्वितीय भएका छन् । कक्षा ८ र ९ का छात्रछात्राहरुमा कक्षा ८ का छात्राहरु अंकिता पौडेल र उपासना रेग्मी प्रथम, कक्षा ९ का छात्राहरु प्रिस्किला तामाङ र सुनिषा सुनार द्वितीय र कक्षा ८ का छात्रहरु विनायक गिरि र असिम अधिकारी तृतीय भएका छन् ।

विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले विद्यार्थीहरुमा संवाद प्रस्तुत गर्ने कला विकासका लागि कार्यक्रम प्रभावकारी भएको बताए । प्रतियोगी विद्याथीको मुल्याकंन शिक्षक होमराज अधिकारी र शिक्षिका अनिता थापाले गरेका थिए ।

कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप विभाग प्रमुख राजु बयलकोटीले गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।