अन्नपूर्ण आमा समुह बैदाममा ः गोमा पंगेनी


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८२ मा प्रकाशित




पोखरा – ६ बैदाममा रहेको अन्नपूर्ण आमा समुहको अध्यक्षमा गोमा पंगेनी चयन भएकी छन ।

संस्थाको सम्पन्न १४औ अधिवेशन तथा २७औं साधारणसभाले पगेनीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक नेत्रलाल भण्डारीले जानकारी दिए । संस्थाको प्रथम उपाध्यक्षमा चन्द्रकला घिमिरे, द्वितीय उपाध्यक्ष गोमा भण्डारी, सचिवमा ऋषिमाया पहारी, कोषाध्यक्षमा उर्मिला ढकाल, सह–सचिबमा कमला अधिकारी, कोषाध्यक्षमा गौमाता कुवँर चुनिएकी छन् ।

यस्तै समुहको सदस्यहमा भुमि जिसी, तारा रेग्मी, पार्वती न्यौपाने, सिता ढकाल, सिता पौडेल, जानका पौडेल, निरा पौडेल, रमा शिवभक्ति, मिठु गिरी, मगली भुजेल, गायत्री भुजेल भट्टराइ, यसोदा लामिछाने, विमला कार्की कुवँर र शान्ति पौडेल चयन भए । निर्वाचित समितिको कार्यकाल दुई वर्षको हुनेछ । निर्वाचन अघि भएको संस्थाको अधिवेशनमा उद्‌घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं – ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले वडामा रहेका आमा समुह मध्य अन्नपूर्ण आमा समुह अरु भन्दा पृथक रहेको बताए । संस्थाले समाजमा रहेका विकृति विसंगतिलाई न्यूनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला व्यवस्थापनमा समेत उल्लेख्य योगदान रहेको बताए । सामाजिक क्षेत्रमा भएका विकृति र विसंगतिका बारेमा न्यूनिकरण गर्ने कुरामा समुहको योगदान महत्वपूर्ण रहने छ ।

कार्यक्रममा वडा सदस्य दिपेन्द्र पहारी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, पर्यटन व्यवसायी तथा सल्लाहकार भिमसेन भुजेल, महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्ल,सल्लाहकार तथा पूर्व अध्यक्ष मिना ढकाल,ओटेपकी अध्यक्ष ममता न्यौपाने, टेवानका उपाध्यक्ष अनिता खडका, सल्लाहकार होमनाथ पहारी, सल्लाहकार लोकराज पहारी, सल्लाहकार तथा फेवा ढुङ्घा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरी र सल्लाहकार मित्रलाल पहारी लगायतले संस्थाले समाजमा रहेको विकृति विसङ्गति सहित अन्धविश्वासको बारेका जनचेतना फैलाउन सुझाब दिए । कार्यक्रममा अध्यक्ष रेनु लामिछाने आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्गु रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सगै घरदैलो गरेको सुनाइन । नवनिर्वाचित अध्यक्ष गोमा पगेनीले अग्रजहरुको सुझावलाई मध्यनजर गर्दै स्थानीय निकाए सगँ समन्वय गरेर सिप मुलक तालिमहरुको आयोजना आउँदा दिनहरुमा गर्ने प्रतिबद्धता ब्यक्त गरीन । सल्लाहकार तथा तथा पूर्व अध्यक्ष मिना ढकालले आमाहरुको विचार भावनाहरु आदान प्रदान गर्ने शसक्त माध्यम बन्दै, अग्रजहरुको राय सुझाब अनुसार अगाडि बढनु पर्ने सुझाब दिए ।

समुहका अध्यक्ष रेनु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष गोमा पगेनीले स्वागत र संचालन सचिव गोमा भण्डारीले गरेकी थिईन् । सभाले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन पारित गरेको थियो । संस्थालाई सहयोग गरेका सहयोग दातालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।