ईन्द्रराज्यलक्ष्मी मा विमा नवआदर्शको निबन्ध लेखन


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८२ मा प्रकाशित




पोखराको लामाचौरमा रहेको नवआदर्श सामुदायिक विकास समाजले माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

ईन्द्रराज्यलक्ष्मी मा वि लामाचौरमा अध्ययनरत कक्षा ९ देखि १२ का विद्यार्थीहरु बीच भएको प्रतियोगिता कक्षा ९ र १० तर्फ आरुजु बस्नेत प्रथम, युनिसा रिमाल द्वितीय र रस्था विश्वकर्मा तृतीय भएका छन् । त्यस्तै ११ र १२ तर्फ मिसन भुजेल प्रथम,निकिता शर्मा द्वितिय तथा खुशी ठाकुरले तृतीय स्थान प्राप्त गरेको कार्यक्रम संयोजक हरिबहादुर थापाले जानकारी दिए । विद्यालयका ३० जना विद्यार्थीले सहभागीता जनाएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यार्थीलाई समाजका अध्यक्ष दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजका पुर्व अध्यक्ष दिलबहादुर थापा,विद्यालयका प्रधानाध्यापक केशव अम्गाई, सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, समाजका शिक्षा उपसमितिका संयोजक थिरबहादुर थापालगायतले पुरस्कार वितरण गरे। कार्यक्रममा समाजका अध्यक्ष भण्डारीले पढाईका अलावा बिभिन्न समयमा हुने यस्ता कार्यक्रमले विद्यार्थीको भाषिक र लेखन शैलीको विकास गर्ने बताए ।

सोही अवसरमा संस्थाको तर्फबाट विद्यालयलाई १-१ थान फुटबल र बास्केटबल वितरण गरिनुका साथै समाजका सदस्य प्रकाश थापाले १ थान ल्यापटप प्रदान गरेका थिए । कार्यक्रम समाजका द्वितीय उपाध्यक्ष हरि बहादुर थापाको संयोजकत्वमा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।