पोखरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा शंकर गुरुङ


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८२ मा प्रकाशित




पोखरा, पुस १२
पोखराको सबैभन्दा पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसको शनिबार सम्पन्न ३९ औं साधारण सभा तथा आठौं अधिवेशनले सामाजिक ब्यक्तित्व शंकर गुरुङको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अधिबेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले सदस्यहरुमा समीर गुरुङ, हस्त बहादुर थापा, कुमारी मुना वास्तोला, उमा कुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित गरेको छ ।
यसअघि सामाजिक ब्यक्तित्व नरेन्द्रमान लालचन दुई कार्यकालसम्म क्याम्पस संचालक समितिको अध्यक्ष थिए ।
येसैबिच, उक्त अधिबेशनमा कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनले क्याम्पस जस्तो शैक्षिक सस्थामा नितान्त सेवाको भावले नेतृत्व लिनु पर्ने भन्दै क्याम्पसको कार्यभार बाट आफुले पायेको ब्यक्तिगत र सामाजिक उपलब्धिको बारेमा चर्चा गरे । उनले क्याम्पसको उतरोत्तर प्रगतीका लागि जीवन पर्यन्त लागि पर्ने प्रतिवद्दता ब्यक्त गरे ।
यसअघि अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक सस्थाहरुलाई कुनै ब्यक्तिगत, समाजिक र राजनितिक पुर्वाग्रह रहित बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । उक्त क्रममा, क्याम्पस संचालक समितिका निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, समाजिक ब्यक्तित्व तथा क्याम्पसका आजिवन सदस्यहरु योगेन्द्र प्रधान, बिश्व मोहन गौचन, देव कुमारी हिराचन, रबिन्द्र माकाजु, वडा न ९ सदस्य गिता चर्माकार, क्याम्पस प्रमुख शिशुकला पराजुली लगायतले बोलेका थिए ।
अधिबेशन सम्पन्न गर्नका लागि अधिवक्ता प्रकाश चन्द्र त्रिपाठी को संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्ण प्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिती रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।