पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (ल्यान) को दशौँ साधारण सभा तथा छैटौँ अधिवेशन आइतबार (पौष १३ गते) संस्थाका अध्यक्ष सृजन भान्साकार्यको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि जाइका इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर राजन कुमार पौडेल, विशेष अतिथि शैक्षिक परामर्श महासंघका केन्द्रीय सचिव भुवन क्षेत्री तथा जे–टेस्ट नेपालका संयोजक कृपानाथ श्रेष्ठ र अतिथिहरूमा इ–क्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरे, फेकोन गण्डकी प्रदेशका अध्यक्ष सुजन बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष युवराज खनालले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्मको गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका महासचिव बालकृष्ण शर्माले गर्नुभएको थियो।
दशौँ साधारण सभा तथा छैटौँ अधिवेशनबाट मोतिप्रसाद श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा सबिता शेरचन, द्वितीय उपाध्यक्षमा निलम बाटाजु, महासचिवमा लक्ष्मण पहारी, सचिवमा कृष्णप्रसाद आचार्य तथा कोषाध्यक्षमा पूर्ण कुमारी गुरुङ चयन हुनुभएको छ।
यसैगरी कार्यसमितिका सदस्यहरूमा विक्रम उदास, सुनिता लामिछाने, लीलाबहादुर पुर्जा पुन, दिनेश कुमार जी.सी., वीरबहादुर राना (बिरेन), राजु गौतम तथा शंकरलाल श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
अधिवेशनमा निर्वाचन मण्डलका संयोजकका रूपमा इबिन्द्रराज तिवारी रहनुभएको थियो। अधिवेशनले संस्थाको भावी कार्ययोजना, संगठनात्मक सुदृढीकरण तथा पेशागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी…






