पद्माप्रेम थिएटरको प्रस्तुति रहेको ‘मृत्यु यस्तो हुनु हुँदैन’नाटक पोखरामा मञ्चन गरिने भएको छ ।
बाँच्न नजान्ने निम्न मध्यमवर्गीय परिवारको पीडामा केन्द्रित भएर तयार पारिएको नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’यही पुस २४ गतेदेखि २७ गतेसम्म पोखरा नाटक घरमा प्रर्दशन गर्ने तयारी भई रहेको छ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा सावित्रा पाठक सबुले लेखेको नाटक हरेक दिन एक सो साँझ ५ बजे तथा शनिबार दिउँसो १ र साँझ ५ बजे गरी दुई सो गरी पाँच सो देखाईने पोखरा थिएटरका संस्थापक एवं निर्देशक पञ्चसुब्बा गुरुङले जानकारी दिए । “मानिसले मर्न जान्नु पर्छ । जुन जाति मर्न जान्दछ, बाँच्न पनि त्यसैले जानेको हुन्छ,” कथाकार गुरुप्रसाद मैनालीले आफ्नो चर्चित कथा ‘सहिद’ मा लेख्नुभएको छ ।
‘मर्न जान्नु’ भनेको देश, मानवता, स्वाभिमान र न्यायका लागि योगदान वा बलिदान गर्नु हो । मादकपदार्थ, लागुपदार्थ दुव्र्यसनी भई अपराधमा संलग्न हुनु र जीवन समाप्त गर्नु , बाँच्न नजान्नु हो । यही विषय नाटकमा समाबेश गरिएको लेखक सबुले बताईन् ।नाटकमा शीतला अधिकारी, रोशनी रामदाम,अभिषेक भुसाल,प्रदीप गौतम, जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहने छ ।
यसअघि ‘यो कस्तो महाभारत’ जस्तो चर्चित नाटक निर्देशन गरेका पञ्चसुब्बा गुरुङको निर्देशन रहेको नाटकलाई शीतला अधिकारीले पनि साथ दिएकी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






