एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन (एग्बोसा)को साधारण सभा भोलि हुँदै


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




पोखरा, पुस १८

एक्स गण्डकी बोर्डिङ स्टुडेन्ट्स एशोसियसन ‘एग्बोसा’को साधारण सभा भोलि पोखरामा हुँदैछ । गण्डकी बोर्डिङ स्कुलबाट उत्तिर्ण भएका विद्यार्थीहरुको साझा संस्था एग्बोसाको १६ औं साधारण सभा भोलि पुस १९ गते शनिबार पोखरामा हुन लागेको हो । पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्क्यूटमा भोलि दिउँसो २ बजेदेखि साधारण सभा शुरु हुने जनाइएको छ ।

साधारण सभाले वार्षिक प्रतिवेदन , वार्षिक वित्तीय प्रतिवेदन र संस्थाको विनियम पारित गर्ने एग्बोसाका रोजिना रञ्जित बिजुक्छेले जानकारी दिईन् । साधारण सभामा सहभागी हुन गण्डकी बोर्डिङमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई संस्थाले अपिल गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।