पोखराका केही क्षेत्रमा हुने भनिएको विद्युत अवरोध नहुने(सुचनासहित)


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरामा विद्युत वितरण हुने फिडरमा समस्या आएपछि, कुँडहर सवस्टेशनको बसबार कार्य स्थगित भएको छ ।

नेपाल विद्युत प्राधिकरण , गण्डकी प्रादेशिक कार्यालय, पोखरा वितरण केन्द्रले शुक्रबार दिउँसो सुचना जारी गरि हाललाई सो कार्य स्थगित गरेको जनाएको छ ।आज बिहान भने ५ घण्टा विद्युत काटिएको थियो । कुँडहरस्थित १३२ केभी सव स्टेशनमा बसबार गरी सट डाउन गरिएको लाईन संचालन गर्ने क्रममा अत्याधिक लोडका कारण समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ । प्रतिकुल मौषमका कारण अत्याधिक लोड वृद्धी भई सम्पुर्ण ११ केभी फिडरहरुमा समस्या उत्पन्न भएको र पावर ट्रान्र्सफर पनि ओभरलोड भई ट्रिप भएको प्राधिकरणद्वारा जारी सुचनामा भनिएको छ ।

मौषम अनुकुल भएपछि मात्रै सो कार्य सुचारु गर्ने गरी हाल स्थगीत गरिएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।पछिल्लो समय पोखरामा ग्राहक संख्या बढेसँगै विद्युत खपत र माग पनि बढेकाले अपग्रेडका लागि मर्मत गर्न भनि प्राधिकरणले आज देखि २० गतेसम्म बिहान ६ देखि ११ बजेसम्म विद्युत कटौती गर्ने जनाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।