नेपाली कांग्रेसका नेता कुमार खड्कासहितका एमाले कांग्रेसका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
आज पोखरामा रास्वपाले आयोजना गरेको वृहत सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री समेत रहेका खड्कासहित एमाले नेता पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मीलन थापा रास्वपा प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा उपसभापतिडा स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, नेता समीक्षा बास्कोटा लगायतले लोगो लगाएर पार्टीमा स्वागत गरे । खड्का अखण्ड नेपाल पार्टीबाट संघीय महिला बालबालिका मन्त्री र काँग्रेसमा समाहित भएपछि गण्डकीका समानुपातिक सांसद बन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत भइसकेका हुन् ।
उनलाई तीन बर्ष अघि कांग्रेसले अन्तरघात गरेको आरोपमा अनुशासनको कारवार्ही गर्दै निष्कासन गरेको थियो । त्यसपछि राजनितीमा निष्क्रिय रहेका उनी आज रास्वपा प्रवेश गरेका हुन् ।उनको प्रवेशले कास्कीमा पुराना दललाई राजनितीक धक्का लाग्ने देखिएको छ । २०७९ को निर्वाचनमा हालका प्रदेश मन्त्री विन्दुकुमार थापासँग हराउन लागेको भन्दै खड्का कारबाहीमा परेका थिए ।खड्का क्षेत्री समाजका केन्द्रीय महासचिव हुँदै गर्दा तत्कालिन समयमा आन्दोलनको जगमा अखण्ड नेपाल पार्टी गठन भएको थियो । सो पार्टीबाट १ जनामात्र समानुपातिक सांसद बनेर संघीय संसद छिरेका खड्का २०७४ को चुनावअघि कांग्रेसमा विलय हुँदै गण्डकीमा समानुपातिक सांसद हुँदै मन्त्री बनेका थिए ।
रास्वपा प्रवेश गरेका अधिकारी रुपाकोट रिसोर्टका सञ्चालक पनि हुन् । एमालेबाट अघिल्लो पटक पोखरा महानगरमा मेयरको आकांक्षी थिए । कांग्रेस महाधिवेशन प्रतिनिधि थापा अहिले गण्डकीका सामाजिक विकास मन्त्री रहेका विन्दुकुमारकै भाइबुहारी हुन् ।रास्वपा प्रवेश गर्दै नेता खड्काले पुराना दलहरुको दिनगन्ती शुरु भएको बताएका छन् । उनले नेपाली कांग्रेस र तिनका कार्यकर्तालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






