पोखरा जेसिज बर्ष २०२६ को पदस्थापना


     एभरेस्ट आवाज    
     पौष २० गते २०८२ मा प्रकाशित




पोखरा जेसिज वर्ष २०२६ को पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

पोखरा जेसीज बर्ष २०२६ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीको पदस्थापना सँगै जेसिज बर्ष २०२६ का निर्वाचित अध्यक्ष जेसी सुमन पहारीलाई बर्ष २०२५ का अध्यक्ष भाईराज राना मगरले सपथ ग्रहणसंगै पिन तथा चेन हस्तान्तरण गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिस वर्ष २६ का अध्यक्ष सेनेटर जीवन कार्की रहेका थिए। कार्यक्रममा जेसिस आस्थापाठ जेसी पवित्र अधिकारी सर्जीले राखेकी थिइन् भने स्वागत जेसि सरोज पौडेलले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा अतिथि नेपाल काङ्ग्रेस कास्की जिल्ला सभापति किशोरदत्त बराल, नेकपा एमालेका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री, चेम्बर अफ कमर्स पोखराका अध्यक्ष उमराज बास्तोला, पोखरा उद्योग बाणिज्य संघका महासचिव शोभा गौतम, नेपाल जेसिज बर्ष २०२६ का पोखरा जेसिजका लागि निरूपिप उपाध्यक्ष आरोग्य श्रेष्ठ, निरूपित कार्यकारिणी उपाध्यक्ष स्वपना पौडेल भण्डारी मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरूङ नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मनिराज लामिछाने लगायत स्थानीय जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन पोखरा जेसिज बर्ष २०२६ का महासचिव सञ्जय पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।