पोखरा बहुमुखी प्राध्यापक संघको बधाइ तथा शुभकामना


     एभरेस्ट आवाज    
     पौष २७ गते २०८२ मा प्रकाशित




पोखरा, २७ पुस

पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघले क्याम्पसको हालै सम्पन्न आठौं अधिवेशनबाट निर्वाचित नयाँ संचालन समितिका पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना सम्पन्न गरेको छ । शुक्रबार क्याम्पसमा एक विशेष कार्यक्रमको आयोजना गरि संघले नवनिर्वाचित संचालन समतिलाइ बधाइ तथा शुभकामना व्यक्त गरेको हो ।

केहि दिन अघि क्याम्पसको ३९ औं साधरणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले शिक्षासेवि शंकर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

यसैबिच उक्त कार्यक्रममा बोल्दै क्याम्पसका पुर्व सल्लाहकार प्रा।डा। दिलबहादुर क्षेत्रीले क्याम्पसले अडिग र निरन्तररुपमा आफ्नो कार्यसम्पादन गरिरेको भन्दै अझ थप उन्नती प्रगतिको कामना गरे । त्यसैगरी, क्याम्पसका सल्लाहकार शंकर देवकोटाले क्याम्पसले पछिल्ला क्रममा प्राप्त गरेको क्युएए लगायत बिभिन्न उपलब्धीहरुको संरक्षण गर्नु पर्ने अझै ठूलो जिम्मेवारी नयाँ संचालन समितिलाइ रहेको बताए ।

त्यस्तै क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आन्तरिक गुणस्तर सर्कल आइक्युएसी प्रमुख महेन्द्र प्रसाद रिमाल, र क्याम्पस प्राध्यापक संघका सभापति भिम प्रसाद न्यौपानेले, प्राध्यापक संघका सचिव अनुपमणी अधिकारी लगायतले प्राध्यापक, कर्मचारी तथा समग्र प्रशासनका तर्फबाट नव निर्वाचित क्याम्पस संचालन समितिलाइ पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पोखरा बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति भिम प्रसाद न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्पसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ प्राध्यापकको तर्फबाट प्राध्यापक संघका सभापति न्यौपाने र कर्मचारीका तर्फबाट लाइब्रेरियन लक्ष्मी वास्तोलाले खादा तथा अविर लगाइदिएर बधाइ तथा शुभकामना दिएका थिए । कार्यक्रमको संचालन प्राध्यापक संघका सचिव अनुपमणी अधिकारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।