पोखरा, पुस २७
कर्णाली सम्पर्क एवम् विकास समाज पोखराको अध्यक्षमा जसबहादुर बुढा चयन भएका छन् । समाजको शनिबार पोखरामा सम्पन्न चौथो अधिवेशनले उनको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने, महासचिव चन्द्रप्रसाद पाण्डे, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्ष नवराज उपाध्याय र सहकोषाध्यक्ष गंगाप्रसाद न्यौपाने चयन भए ।
यसैगरी सदस्यहरुमा राजेन्द्र लामा, विरेन्द्र आचार्य, मेगा सन्ज्याल र रणबहादुर शाही ९सिद्धान्त० र पुष्पराज उपाध्याय चयन भएका छन् ।
यसअघि साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीले उद्घाटन गरेकी थिईन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले अथाह पर्यटकीय सम्भावनाको बोकेको कर्णाली प्रदेशको विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिईन् ।
साधारण सभा तथा अधिवेशनको सन्दर्भ पारेर सहभागीहरुलाई वनभोज पनि खुवाइएको थियो भने सहभागीहरुले सुदूरपश्चिम र कर्णालीको पहिचान देउडा नाचेर रमाईलो गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






