‘इन्डियन आइडल–३’ का विजेता प्रशान्त तामाङको निधन


     एभरेस्ट आवाज    
     पौष २७ गते २०८२ मा प्रकाशित




चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

आइतबार बिहान ४३ वर्षको उमेरमा हृदयाघातका कारण दिल्लीस्थित निवासमा उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए ।भारतीय मूलका नेपालीभाषी उनी इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल–३’ को विजेता बनेपछि उनको चर्चा चुलिएको थियो । उनले हिन्दी, नेपाली भाषाका दर्जनौँ गीतमा आवाज दिएका थिए ।

उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’लगायतका चर्चित नेपाली चलचित्रमा अभिनय पनि गरेका थिए भने पार्श्व गायनमा पनि सक्रिय थिए । भारतको दार्जिलिङमा जन्मिएका उनी इन्डियन आइडलको विजेता बन्नुअघि कोलकाता प्रहरीमा कार्यरत थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।