२७ पुस
‘क्यान मनबहादुर जितीमाया पुन साइन आट्र्स पुरस्कार २०८२’ बाट कलाकार भुवन गुरुङ पुरस्कृत भएका छन् । पुन आट्र्स पोखराका कलाकार तिलक पुन पुर्जाले आफ्ना मातापिताको नाममा स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजारसहित प्रमाणपत्र रहेको छ । काठमाडौंमा हालै आयोजित कार्यक्रममा सो पुरस्कार अर्पण गरिएको पुरस्कार स्थापनाकर्ता तिलक पुन पुर्जाले जानकारी दिए ।
पुरस्कृत गुरुङ ४५ वर्षदेखि साइन बोर्ड लेखनमा सक्रिय छन् । उनले श्रेष्ठ आट्र्समा साइन बोर्ड लेख्न सिकेपछि यही पेशा अप्नाउँदै आएका छन् । साइन बोर्ड लेखनमा गिरावटपछि उनी वैदेशिक रोजगारीमा अरब पनि गएका थिए ।
पोखराको सुकुम्बासी टोलमा बसेका उनको केही छैनन् । बाँसका खट बाँधेर घरका अग्लाअग्ला भित्तामा भित्ते लेखन र होर्डिङ बोर्ड तयार पारेर उनले धेरै मान्छेको प्रचारप्रसार गरेका छन् तर उनीचाहिँ गुमनाम झैं भए।
यस्तै ओझेलमा परेका कलाकारलाई प्रोत्साहन गर्न उक्त संस्थाको स्थापना भएको हो।
कार्यक्रममा वरिष्ठ चित्रकार वरिष्ठ चित्रकार शशि शाह, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, क्यानका अध्यक्ष प्रेम श्रेष्ठ, पूर्व मिस नेपाल शृङ्खला खतिवडा लगायतले प्रमाणपत्र र नगद पुरस्कार अर्पिएका थिए।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यावसायिक कलाकार सङ्घ क्यानको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका कलाकार गुरुङसहित वरिष्ठ चित्रकार मदन चित्रकार लगायत १५ कलाकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका थिए।
राष्ट्रिय विभूति अरनिकोको स्मृति दिवस एवं नेपाल व्यवसायिक कलाकार सङ्घ क्यानको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पोखराका कलाकार गुरुङ सहित वरिष्ठ चित्रकार मदन चित्रकारलगायत १५ जना कलाकार विभिन्न पुरस्कार बाट पुरस्कृत भए ।
ललितपुरमा आयोजित कार्यक्रममा क्यानले २५ हजार रुपैयाँ राशिको सुरेन्द्र प्रधान दीर्घ कला–साधक पुरस्कार वरिष्ठ चित्रकार मदन चित्रकारलाई, २० हजार राशिको क्रोधकला शिरोमणि पुरस्कारबाट वरिष्ठ कलाकार हरिप्रसाद वैद्य, १५ हजार राशिको मुल्मी ग्राफिक डिजाइन अवार्ड अशोकमान सिं र १० हजार राशिको अमात्य कला पुरस्कार कलाकार रत्नकाजी शाक्यलाई प्रदान गरिएको छ।
त्यसैगरी १० हजार राशिकै हेम–गंगा युवा कला प्रतिभा पुरस्कार, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार, क्यान सिग्देल आर्ट पुरस्कार र निर्वाण कला सम्मान क्रमशः चराचुरुंगीतर्फ सुदीप बस्याल, सम्झना राजभण्डारी, मानकाजी श्रेष्ठ र मुकुन्द प्रयासले प्राप्त गरेका छन्।
कार्यक्रममा पाँच हजार राशिको क्यान आइडियल कला पुरस्कार चित्रकार अजय देशारलाई प्रदान गरिएको थियो।
कलाकार सुष्मा श्रेष्ठ संरक्षक रहेको कला लेखनका क्षेत्रमा प्रदान गरिएको नारायणदेवी स्मृति पुरस्कार पत्रकार श्याम स्मृतले प्राप्त गरेका छन्।
यस्तै क्यान सिग्देल आर्ट पुरस्कारबाट बालकृष्ण स्मृति कला पुरस्कारबाट कलाकार लिलाधर केसी, राजेश मानन्धर कार्टुन अवार्डबाट पानसिङ तोमार, ठाकुरप्रसाद–इन्दिरा मैनाली मूर्तिकला पुरस्कारबाट कलाकार चन्द्रमणि मगर, ऋचा मैनाली रिजाल स्मृति पुरस्कारबाट कलाकार अनमारी तामाङ पुरस्कृत भएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






