नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।
दमौलीमा सम्पन्न अधिवेशनबाट प्रदिप खनालको नेतृत्वमा नयाँ समिति चयन गरिएको महासंघका केन्द्रिय सदस्य सूर्यमोहन आचार्यले जानकारी दिए । महासंघ गण्डकीको वरिष्ठ उपाध्यक्षमा ठाकुर प्रसाद शर्मा, उपाध्यक्षमा रामचन्द्र सापकोटा, सचिवमा सुरेन्द्र बास्तोला, कोषाध्यक्षमा भागवत् अर्याल, सह सचिवमा रमेश पौडेल निर्वाचित भए । यस्तै सदस्यहरुमा नवराज पौडेल, शान्ति पाण्डे, सरस्वती आचार्य, सुस्मा श्रेष्ठ, रूपबहादुर केसी, मिन वहादुर थापा, किशोर सापकोटा, प्रताप सिंह अधिकारी, टिकाराम अधिकारी, गोविन्द अधिकारी, सुरेन्द्र पौडेल, रामप्रसाद भट्टराई, दामोदर मिश्र, रामप्रसाद भुषाल र रमेश प्रसाद भुर्तेल निर्वाचित भएका छन् ।
यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुस्तक र स्टेशनरी व्यवसाय केवल व्यापार मात्र होइन, यो ज्ञान, शिक्षा र सभ्यताको आधारस्तम्भ भएको बताए । शिक्षाको पहुँच विस्तार, विद्यार्थीको भविष्य निर्माण र राष्ट्रको बौद्धिक विकासमा यस क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो । प्रविधि, डिजिटल माध्यम र बजार प्रतिस्पर्धाका चुनौतीबीच पनि व्यवसायीहरूले देखाएको धैर्य, नवप्रवर्तन र इमान्दारिताको म उच्च मूल्यांकन गर्दछु आचार्यले भने। म पनि यही व्यवसायमा जोडिएको र नेतृत्वमा पुगेको मान्छे हुँ । मलाई व्यवसायीका अफ्ठ्याराहरुको बारेमा थाहा छ । उनले भने, अब व्यवसायी पनि समयअनुकुल चल्नुपर्ने भइसकेको छ ।
महासंघले व्यवसायीको हक–हित संरक्षण, व्यावसायिक मर्यादा, प्रवर्द्धन र नीतिगत सहजीकरणका लागि गरेको प्रयास प्रशंसनीय रहेको बताए । निर्वाचन समितिका संयोजक लिलाराज गौतमले कार्यसमितीका निर्वाचित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा — पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा…





