भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानका ९ जना नेपालीको मृत्यु भएको छ।
हिमाञ्चल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानस्थित एकै गाउँका ९ जनाको ज्यान गएको हो ।मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका २ टाकुराका दुई परिवारका हुन्। सिद्धकुमाख गाउँपालिका २ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका २ परिवारका ९ जना सदस्यको ग्यासको सिलिन्डर विस्फोटपछि भएको आगलागीमा परी निधन भएको हो।
मृतकमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन्। यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए।
एउटै गाउँका नागरिकको मृत्यु भएपछि वडा कार्यालयले आज शोक विदा दिएको छ । एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,३१ भदौ । पोखराका युवा व्यवसायी प्रदीप कोइराला व्यवसाय तथा सामाजिक क्षेत्रमा…





