प्रजातन्त्रका सेनानी कर्णशंकर पालिखेको निधन भएको छ ।
पोखरा ज्ञानमार्ग निवासी पालिखेको ९६ बर्षको उमेरमा बुधवार बिहान निधन भएको हो । २००७ सालका प्रजातान्त्रिक योद्धा पालिखेले जीवनको अन्तिम समयसम्म पनि पोखराको शैक्षिक तथा सामाजिक सेवाका काममा निरन्तर योगदान दिदै आएका थिए । उनको पार्थिक शरिरलाई आजै पोखरा रामघाटमा अन्त्येष्टी गरिएको पारिवारिक स्रो्तले जानकारी दिए ।उनको पार्थिव शरिरमा छोराहरु नरेशशंकर र दिनेशशंकरले दागबत्ती दिएका थिए । अन्त्येष्टि अघि निवासबाट शुरु भएको शवयात्रामा सहभागी पोखरेलीले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै स्वर्गीय पालिखेको योगदानको स्मरण गरेका थिए ।
उनको निधनले पालिखे परिवारमा मात्र नभई पोखराको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । पालिखे चोकका चारजना पालिखे दाजुभाईहरु पोखरालाई शिक्षा र व्यावसायिक रुपमा अगाडी बढाउनु पर्छ भनेर कुनै न कुनै रुपमा योगदानका हिस्सेदार बनेका थिए । पोखरामा कलेजको स्थापना वा विद्यालय खुलाउन तथा उद्योग वाणिज्यको क्षेत्रमा पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको छ । स्वर्गीय पालिखेले नरेशशंकर र दिनेशशंकर पुस्तक पसल पनि सञ्चालन गरेका थिए । कर्णशंकर कान्छो छोरा हुन् । उनका जेठो दाजु स्व दयाशंकर, माईलो दाजु ओमशंकर र साईलो दाजु प्रदिपशंकर थिए ।
स्व कर्णशंकरकी श्रीमती गणेश कुमारी पालिखेको यस अगाडी नै निधन भएको थियो । उनका दुई छोराहरु नरेशशंकर र दिनेशशंकर पालिखे ,छोरीहरु विमला र सविता पालिखे छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







