पोखरा माघ २
पोखरामा दश जोड दुई (+२) स्तरीय अन्तरविद्यालय टि-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ पोखरा सेन्ट्रलको आयोजनामा यहि माघ ४ गतेदेखि ८ गतेसम्म पोखरा महानगर स्तरीय अन्तरविद्यालय एलिट ट्रफी टि-१० क्रिकेट प्रतियोगिता हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
पावरहाउस क्लासर्स र पोखरा फिनिक्स क्रिकेट क्लबसँगको सहकार्यमा पोखरा-५ मालेपाटन खेल मैदानमा हुने प्रतियोगितामा १४ टिम सहभागी हुने प्रतियोगिता संयोजक तथा लियो जिल्ला परिषद ३२५ एम नेपाल एमका विभागीय अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगिता आईसिसीको नियम पालना गर्दै खेलाईने जनाइएको छ । प्रतियोगितामा रातो क्रिकेट टेनिस बल प्रयोग गरिनेछ भने प्रतियोगिता कार्पेटमा खेलाइने संयोजक कार्कीले बताए । प्रतियोगिताले विद्यार्थी खेलाडीलाई एक्सपोजर दिने आयोजकको विश्वास छ । त्यो मात्रै नभई खेलाडी उत्पादनमासमेत सघाउने उनले बताए ।
यसअघि स्नातक तहसम्मका विद्यार्थी लक्षित गरेर खेलाईने प्रतियोगिता यस वर्ष त्यसको फम्र्याट परिवर्तन गरेर दश जोड दुईका विद्यार्थी केन्द्रीत प्रतियोगिता गर्न लागेको क्लवले जनाएको छ ।
प्रतियोगिताको उपाधी बिजेता विद्यालयले नगद एक लाख तथा उपबिजेता विद्यालयले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, बिजेता टोलीलाई आयल्ट्स र पिटीई कक्षाहरूमा ८० हजार बराबरको पूर्ण छात्रवृत्ति तथा उपबिजेता टोलीलाई ७० प्रतिशत छुट दिईने प्रतियोगिता संयोजक कार्कीले जानकारी दिए ।
त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र म्यान अफ द टुर्नामेन्टको लागि पनि पुरस्कार प्रदान गरिने उनले बताए । उनका अनुसार फ्यानहरुको रोजाईमा पर्ने टोलीलाई प्रायोजक एईसिसी ग्लोबलको तर्फबाट ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ ।
पत्रकार सम्मेलन पावरहाउस क्लासर्सका अध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा भएको थियो भने प्रतियोगिता उप–संयोजक दीपक क्षेत्रीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






