गणित शिक्षा परिषद् कास्कीले गर्यो शिक्षक सम्मान


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




गणित शिक्षा परिषद् कास्कीको विभिन्न विधामा योगदान पुर्याउने शिक्षकलाई सम्मान गरेको छ ।

परिषद्को आयोजनामा १८ औं गणितीय हाजिरीजवाफ तथा शिक्षक सम्मान कार्यक्रम विभिन्न विधामा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। सामुदायिक विद्यालयतर्फ इन्द्रराज्यलक्ष्मी मा विका प्रधानाध्यापक केशव अमागाईं, संस्थागत विद्यालयतर्फ सेन्ट मेरीज स्कुलका श्यामचन्द्र अगान्जा, विश्वविद्यालयतर्फ पृथ्वी नारायण क्याम्पसका डिल्लीराम अधिकारी, गणित शिक्षा परिषदका सदस्य मध्ये विद्यावारीधी सम्मानतर्फ त्रिभुवन विश्वविद्यालयका बद्री पगेनी र पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पौडेललाई सम्मान प्रदान गरिएको थियो। त्यस्तै परिषद्का संस्थापक सदस्य राम हाडालाई आजीवन उपलब्धि सम्मान प्रदान गरियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य ,परिषद् केन्द्रीय समितिका महासचिव टिकाराम पोखरेल,गण्डकी प्रदेशका अध्यक्ष बेद प्रसाद शर्मा र कास्की अध्यक्ष खगेन्द्रराज बरालले सम्मानपत्र सहित दोशल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा तथा समन्वय इकाइ कास्कीका प्रमुख आचार्यले बिभिन्न विषयगत समितिहरुको सक्रियताले विद्यार्थीहरुको सिकाइ उपलब्धी बढाउन सहयोग गर्ने र गणित शिक्षा परीषद कास्कीले यस प्रकारको कार्यक्रमलाई लामो समयसम्म निरन्तरता दिदा शिक्षकहरुको आत्मसम्मान समेत बृद्दि भएको बताए । परिषद्का केन्द्रीय महासचिव पोखरेलले गणितीय हाजिरीजवाफ कार्यक्रम जिल्ला ,प्रदेश र राष्ट्रिय तहमा विस्तार गर्ने बताउँदै, कास्की जिल्लाको सक्रियतामा भएको यो कार्यक्रम राष्ट्रव्यापी रुपमा पोखरामा गर्ने बताए । परिषद्का गण्डकी प्रदेश अध्यक्ष शर्माले परिषद्काृ केन्द्रीय समितिको मुल्याङकनमा गणित विषयमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गरे बापत कास्की जिल्ला समितिलाइ नेपालकै उत्कृष्ट जिल्ला घोषणा गरिएकोले यस गौरबलाइ आगामी दिनमा समेत कायम राख्न प्रेरणा प्रदान गरे । सम्मानित व्यक्तित्व राम हाडाले सपना र विपनाको संगमको रुपमा गणितलार्इ जोड्दै यसको अन्य विषयसंगको अन्तरसम्बन्धको वारेमा प्रकाश पारे ।

कार्यक्रममा नेपाली भाषा परिषद् कास्कीका अध्यक्ष सूर्यप्रसाद बराल,परिषद्का उपाध्यक्ष भूमिराज अधिकारी लगायतले शिक्षण सिकाईमा परिषद्ले खेलेको भुमिकाको चर्चा गरेका थिए । यसै अवसरमा कास्कीमा सञ्चालन हुँदै आएको गणितीय हाजिरीजवाफको १८औँ श्रृंखलासमेत सञ्चालन भएको परिषद्का सुचना तथा सञ्चार संयोजक जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकामा रहेका विद्यालय मध्येबाट लिखित परीक्षामा ४२ टिम छनोट भई स्टेज अन क्वीज चरणमा छनौट भएका थिए। तीमध्येबाट ६ टिम फाइनल प्रतिस्पर्धामा सहभागी भएका छन् ।

परिषद्का अध्यक्ष खगेन्द्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव धुर्व पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।