पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुरका १८ वर्षीय मिनीराजप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको आज बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक विकले बताए । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३–००८ प ४२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकको डिभाइडरमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर निवासी १८ वर्षीय आदर्श लिम्बू घाइते भएका छन् । उनको टाउको र मुखमा चोट लागेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






