बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




पोखरा, माघ ५

बागलुङ १ मा राजेन्द्र शर्माले उज्यालो नेपालबाट उम्मेदवारी दिने भएका छन् । रास्वपाबाट उम्मेदवारको आकांक्षी रहेका उनलाई रास्वपा नेतृत्वले टिकट नदिएपछि उज्यालो नेपालबाट उम्मेदवारी दिन लागेका हुन् । उज्यालो नेपालले आफूलाई उम्मेदवारको टिकट दिएको उनले जानकारी दिए ।

पोखरामा बसेर पत्रकारिता गर्दै आईटी र कन्सल्टेन्सी व्यवसाय गर्दै आएका शर्मा रास्वपाबाट राजनीति गर्ने भन्दै बागलुङ फर्किएका थिए । तर अन्तिम समयमा टुरिष्ट उम्मेदवारलाई टिकट दिएपछि उनले रास्वपाबाट विद्रोह गरेका हुन् । बागलुङमा रास्वपाको जग बसाल्ने श्रेय शर्मालाई जान्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।