युवालाई ताकीताकी गोली हान्ने र देश लुट्नेहरुको एक/एक हिसाब गर्छौं : रवि


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




फाइल तस्विर

पोखरा, माघ ५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती रवि लामिछानेले जेनजी आन्दोलनमा ताकीताकी गोली हान्नेहरुको एक/एक हिसाब गर्ने चेतावनी दिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरमा रास्वपाले सोमबार आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै उनले देश लुट्ने र गोली हान्नेहरुको एक/एक हिसाब गर्ने चेतावनी दिएका हुन् । उनले भने,‘जनताले भगाएकाहरुलाई अब देश छाड भन्नु पर्दैन, तर देश लुट्नेहरुलाई, युवालाई ताकीताकी गोली हान्नेहरुलाई, मधेशलाई पाईलापाईलामा विभेद गर्नेहरुलाई त्यसै छाडिनेवाला छैन, त्यसको एक/एक हिसाब लिईनेछ ।’

उनले अब बालेन सरकार बन्ने पनि बताए । उनले भने,‘अबको बार बालेन सरकार ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।