पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
दमौलीबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पोखरा ल्याइएको थियो ।
बस चालक चितवन, इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने ३८ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






