प्रतिभा माविमा सरस्वती पूजासँगै अक्षरारम्भ


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८२ मा प्रकाशित




पोखरा ।

पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका अवसरमा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम गरेको छ । विद्यालयले विद्यालयमै सरस्वती पूजासहित नवआगन्तुक बालबालिकाहरुलाई अक्षरारम्भ गराएको हो । सो अवसरमा धार्मिक विधिअनुसार गुरुहरुले मन्त्रोच्चारण गरि महाआरतीसहित सरस्वती पूजा गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालयमा आएका नवआगन्तुक बालबालिकाहरुलाई पहिलो अक्षरसँग परिचित गराउँदै औपचारिक रूपमा ज्ञानयात्राको सुरुवात गराइएको विद्यालयकी मन्टेश्वरी को–अर्डिनेटर निर्मला सुवेदीले जानकारी दिईन् ।

सरस्वती पूजाको दिन गरिने अक्षरारम्भ शैक्षिक संस्कारको महत्वपूर्ण अभ्यास भएकाले विद्यालयले निरन्तरता दिएको प्रधानाध्यापक किरण सापकोटाले बताए । उनले भने,‘यस दिन अक्षरारम्भ गराउँदा बालबालिकामा सिकाइप्रतिको रुची, आत्मविश्वास र संस्कारको विकास हुन्छ भन्ने जनविस्वास छ, यो ज्ञानयात्राको सुन्दर सुरुवात भएकाले सोहि अनुसार अक्षरारम्भ गरिएको हो ।’

सरस्वती पूजाको दिन गरिने अक्षरारम्भले बालबालिकाको शैक्षिक जीवन सफल र उज्यालो हुने विश्वास रहिआएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।