जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले आफ्नो स्थापना दिवस मनाएको छ ।
दिवसका अवसरमा महासंघले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विकास निर्माणको सहजीकरणमा महत्त्वपूर्ण भुमिका खेलिरहेका जिल्ला समन्वय समितिहरूलाइ थप प्रभावकारी र कार्य सम्पादनमा सहज बनाउन संघ सरकार र प्रदेश सरकार गम्भीर बन्नु पर्ने र आवश्यक कानुनी व्यवस्था सहित मजबुत नीति निर्माण गर्न सके बिकास थप गुणस्तरीय हुने उल्लेख गरे ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघीयताको मर्म अनुसार जि स स हरूलाइ मजबुत बनाउनका लागि संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि फलदायी हुन नसकेको र सरकार त्यसतर्फ गम्भीर नदेखिएको गुनासो गरे । अध्यक्ष पौडेलले सिमित स्रोत साधन र बिद्यमान कानुनी व्यवस्था अनुसार नै जि स सहरू आफ्नो आवश्यकता र औचित्य पुष्टि हुने गरि कार्य सम्पादनमा उत्रिनु सुखद भएको उल्लेख गर्दै समयानुकूल कानुनी संरचना निर्माण गर्न आग्रह गरे । यसअघि कार्यक्रमको जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्यहरू सहित प्रदेशका जिल्ला प्रमुखहरूले संयुक्त उद्घाटन गरेका थिए ।
महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम जि सि र संचालन सरस्वती बगालेले गरेकी थिईन् । कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुख ,उप प्रमुख ,सदस्य सहित सरोकारवाला सरकारी तथा गैर सरकारी संस्था ,नागरिक अगुवा एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







