सन्देश श्रेष्ठ
पोखरा, माघ १७
साफ यू-१९ महिला फुटबल च्याम्पीयनसीपमा भारत र बंगलादेशले बिजयी शुरुवात गरेका छन् । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा शनिबार पोखरामा शुरु भएको प्रतियोगितामा भारतले नेपाललाई र बंगलादेशले भुटानलाई पराजित गर्दै बिजयी शुरुवात गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हरायो । खेलमा पर्ल फर्नान्देसले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गर्दै भारतलाई जिताए । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा नेपालले गोल गर्ने अवसर सिर्जना गरे पनि सदूपयोग नगर्दा पहिलो खेलमै पराजय बेहो¥यो ।
बिजयी भएपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै भारतका प्रशिक्षक प्रमिला कोन्टीले पोखराको खेल मैदान आफूहरुका लागि नौलो भएकाले सोंचेजस्तो नतिजा नआएको बताईन् । उनले भनिन्,‘हाम्रो लागि यो मैदान नौलो रह्यो, जसका कारण पनि हामीले सोंचेजस्तो खेल प्रदर्शन गर्न सकेनौं ।’ उनले नेपालको पनि खेल राम्रो भएको तर फिनिसिङमा चुक्दा परिणाम नआएको बताईन् ।
पराजित नेपालका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले तयारी नपुग्दा भारतसँग पराजय बेहोर्नुपरेको बताईन् । उनले भनिन्,‘छोटो समयमात्र तयारी गर्दा भारतसँग सोंचेजस्तो प्रदर्शन गर्न सकेनौं । प्रतियोगिता र अभ्यासमा प्रयोग गरिएको बल फरक भएकाले पनि हामीले चाहेजस्तो रिजल्ट आएन ।’
यसअघि शनिबार नै भएको पहिलो खेलमा बंगलादेशले भुटानलाई नमीठो हार चखायो । एकतर्फी खेलमा बंगलादेशी ३ खेलाडीको ह्याट्रिक मद्दतमा भुटानको गोलपोष्टमा एक दर्जन गोल हान्यो । बंगलादेशका लागि मोस्ट मुन्की अख्तर, श्रीमोती तृष्णा रानी र अल्पी अक्तरले ह्याट्रिक गरेका हुन् । मोस्ट मुन्की अक्तरले खेलको ४४ औं, ४८ औं, ८१ औं र ९३ औं मिनेटमा गरी ह्याट्रिकसहित ४ गोल, श्रीमोती तृष्णा रानीले ४३ औं, ५४ औं र ६० औं मिनेटमा र अल्पी अक्तरले खेलको ७३ औं, ८६ औं र ९५ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । त्यसबाहेक बंगलादेशकी टिम क्याप्टेन अर्पिता विश्वास र मामोनी चक्माले थप एक–एक गोल गरे । चक्माले खेलको २८ औं मिनेटमा र अर्पिताले दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा गोल गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको विरौंटामा धार्मिक पुजा घर संचालनमा आएको छ। स्याङ्जा घर भई हाल…






