जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन


     एभरेस्ट आवाज    
     माघ २१ गते २०८२ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीको टोलीले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन गरेको छ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो। अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गरे ।

भौतिक पूर्बाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै ब्यबधान नआएको अबस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गरे । प्रमुख पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल,,सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहित बिभागिय कार्यालय का इन्जिनियर ,प्राबिधिक ,कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन गरिएको हो।

बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।