पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा परीक्षाफल प्रकाशन सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विज्ञान तथा सामाजिक विषयसँग सम्बन्धित परियोजना कार्यको प्रतियोगिता र फुड फेस्टिभल गरिएको अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए । त्यस अवसरमा जुनियरतर्फ कक्षा ६ का प्रविन कायतको समूह प्रथम, कक्षा ५ का एलेक्स रसाइलीको समूह द्वितीय र कक्षा ४ का अंकित मन्नाको समूह तृतीय भए भने सिनियरतर्फ कक्षा ८ की उपासना रेग्मीको समूह प्रथम, कक्षा ९ की प्रिस्किला तामाङको समूह द्वितीय र कक्षा ७ का पेरिस पौडेलको समूह तृतीय भएका छन् ।
उक्त प्रतियोगिताको मुल्यांकन अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटी तथा प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए । उत्कृष्ट विद्यार्थीलाई विद्यालयका प्राचार्य श्रेष्ठ तथा सहायक प्राचार्य निलकण्ठ पौडेलले पुरस्कार वितरण गरे ।कार्यक्रममा प्राचार्य श्रेष्ठले परियोजना निर्माण र खानाका परिकारको प्रदर्शनीले पढाईका अलावा उनीहरुमा रहेको अन्य खुबीलाई उजागर गरेको बताए ।
सोही अवसरमा विद्यालयबाट प्रकाशन हुने त्रैमासिक पत्रिका विन्ध्येश्वरी बाल बगैंचाको विमोचन गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





