पोखरा, माघ २३
पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि हरेक महिनाको अन्तिम शनिबार बन्द हुने भएका छन् । कोरोना कालमा संकटमा परेको व्यवसाय ब्यूँताउन भन्दै सातामा सातै दिन सञ्चालन गर्ने निर्णयबाट पछि हट्दै सर्वेश्वर व्यवसायी समितिले अबदेखि चिप्लेढुंगास्थित सर्वेश्वर मार्ग, तेर्सो गल्ली र पराजुली मार्गका व्यवसाय हरेक महिनाको अन्तिम शनिबार खोल्ने निर्णय भएको सचिव श्याम कुँवरले जानकारी दिए । यो निर्णय हालै सम्पन्न संस्थाको साधारण सभाबाट पारित भई त्यसपश्चात बसेको समितिको बैठकले लागु गर्ने निर्णय गरेको उनले बताए ।
यसअघि कोरोना महामारी, आर्थिक मन्दी, चर्को बैंक ब्याजदरलगायतका कारण व्यापारमा आएको मन्दीको असरलाई कम गर्न २०८० साल चैतदेखि सो क्षेत्रका व्यवसाय शनिबार पनि अर्थात सातै दिन सञ्चालन गर्ने निर्णय भएको थियो । सोहि अनुसार स्थानिय व्यवसायीले शनिबार पनि व्यवसाय सञ्चालन गर्दै आएका थिए । तर यहि शनिबारदेखि नै लागु गर्नेगरी हरेक महिनाको अन्तिम शनिबार व्यवसाय बन्द गर्ने निर्णय भएको सचिव कुँवरको भनाई छ ।
समितिले हरेक महिनाको अन्तिम शनिबार व्यवसाय बन्द गर्ने संस्थाको निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ । संस्थाको निर्णय कार्यान्वयन नगर्ने व्यवसायी वा प्रतिष्ठानलाई समितिले आवश्यक मूल्यांकन गर्ने र कारवाहीको प्रक्रिया अगाडि बढाईने पनि संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सर्वेश्वर मार्ग र पराजुली मार्गमा आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको समितिका बरिष्ठ उपाध्यक्ष छवीलाल गौतमले जानकारी दिए ।
होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







