बरिष्ठ कलाकार सुनील थापाको निधन भएको छ । गएराति घरमै ६८ वर्षको उमेरमा उनको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । “अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ,” संघका अध्यक्ष निरौलाले भने, “परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।”उनका श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।
दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।नेपाली चलचित्र ‘चिनो’मा ‘राते काइँला’को भुमिका निर्वाह गरेपछि थापाको चर्चा चुलिएको हो ।
१९ मे १९५७ मा जन्मिएका थापाले ४ दशकभन्दा बढी समय कलाकारितामा बिताएका थिए ।अहिलेसम्म १३८ वटा चर्चित नेपाली फिल्ममा अभिनय गरेका थापाको अभिनय रहेको ‘पहाड’ रिलिजको तयारीमा छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






