विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ ।

प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ ।ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ ।

दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।