नवलपुरका स्रष्टा कवि गोविन्दराज विनोदी लेखक कृति पुरस्कार २०८१ बाट पोखरामा पुरस्कृत भएका छन् ।
नेपाली लेखक सङ्घ कास्कीले स्थापना गरेको नगद २५ हजार रुपैंया राशीको सो सुरस्कार शनिबार पोखरामा आयोजित कार्यक्रममा कवि विनोदीद्वारा लिखित अलङ्कार इन्द्रेणीलाई लेखक कृति पुरस्कार प्रदान गरिएको हो । त्यस्तै पोखरेली कवि तारा पाखेलाई स्रष्टा सम्मान गरिएको छ। गण्डकी प्रदेशमा जन्मले वा कर्मले क्रियाशिल स्रष्टाको पुस्तकलाई पुरस्कृत गर्ने अभिप्रायले सो पुरस्कार स्थापना गरिएको संघले जनाएको छ । दुवै स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली लेखक सङ्घ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष तीर्थ श्रेष्ठले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै कवि श्रेष्ठले निरन्तरको साधनाबाट मात्र सफलता प्राप्त गर्न सकिने बताउँदै,पुरस्कृत पुस्तकका बारेमा चर्चा गरे ।वरिष्ठ साहित्यकार सरुभक्तले साहित्य लेखन नै एक प्रकारको साधना रहेको बताए ।कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक डा लक्ष्मीशरण अधिकारीले पुरस्कृत पुस्तक र सम्मानित स्रष्टाको बारेमा बताएका थिए ।कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा ईश्वरमणि अधिकारी गण्डकीका अध्यक्ष दीपक समीपले बोलेका थिए ।कार्यक्रममा कवि तारानाथ पराजुलीले पुरस्कृत कृतिबाट कविता वाचन गरे ।
संघ कास्कीका अध्यक्ष रिता अधिकारी ऋतुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमल पौडेलअथक र सञ्चालन सचिव प्राञ्जलले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






