सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन : ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ २४

पोखरामा हुने सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन अन्तर्गत शनिबार ह्वीलचेयर र दृष्टिविहीन् दौड सम्पन्न भएका छन् । शनिबार पोखरा रंगशालामा सम्पन्न दृष्टिविहीन दौड प्रतियोगितामा पुरुषतर्फ लमजुङका विसु तामाङ प्रथम, म्याग्दीका सोनम विक द्वितीय र स्याङ्जाका युवराज भण्डारी तृतीय भए ।

दृष्टिविहीन दौड प्रतियोगितामा महिलातर्फ स्याङ्जाकी देवी बराल प्रथम, पोखरा अमरसिंहकी शर्मिला सुनार द्वितीय र कास्कीकै कृष्टिना पौडेल तृतीय भईन् ।

त्यस्तै, ह्वीलचेयर दौडमा पुरुषतर्फ कास्कीका भरत अधिकारी प्रथम, तनहुँका जीवन श्रेष्ठ द्वितीय र कास्कीकै सुरेश गौली तृतीय भए ।

ह्वीलचेयर दौड महिलातर्फ स्याङ्जाकी पुनम विक प्रथम र कास्कीकी अञ्जु बराल द्वितीय भए ।

दृष्टिविहीन तथा ह्वीलचेयर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताको नेपाली सेनाको पश्चिम पृतनापती भोलानाथ थापाले गरेका थिए ।

सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनको ग्राण्ड ईभेन्ट भने फागुन २ गते हुने आयोजक नेपाल भुतपूर्व खेलाडी मञ्चले जनाएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मञ्चका पूर्व अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।