महाशिवरात्री पर्वको अवसरमा पोखराको लामाचौरमा शिव दर्शन यात्रा २०८२ हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही फागुन ३ गते हुने सातौं संस्करणको शिव दर्शन यात्रा कार्यक्रमको तयारी शुरु गरिएको समाजका अध्यक्ष ईन्जिनियर दिनेश भण्डारीले जानकारी दिए । समाजमा धार्मिक चेतनाको विकास र महाशिवरात्री पर्वको धार्मिक पक्षलाई संरक्षण गर्ने उद्धेश्यले विगत ७ बर्षदेखि निरन्तर कार्यक्रम गर्दै आईरहेको उनले बताए । गोस्तेघाटमा रहेको सर्वेश्वर शिवालयबाट शुरु हुने यात्रा त्यस क्षेत्रमा रहेका सुरथेश्वर, जलेश्वर, महेन्द्रेश्वर हुँदै कणेश्वर शिवालयमा पुगेर सम्पन्न हुने छ । महाशिवरात्रीको दिन बिहान ७ बजेदेखि कार्यक्रम हुने भण्डारीले जानकारी दिए ।
शिव दर्शन यात्रामा त्यस क्षेत्रका विभिन्न धार्मिक, सामाजिक संघ संस्थाको सहभागितामा भगवान शिवका विभिन्न रुपको झाँकी सहित भजन किर्तन हुनेछ । कार्यक्रममा हजारौं भक्तजनको सहभागिता रहने समाजले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






