पोखराको लामाचौरस्थित अमलाविसौंनीमा भएको स्कुटर दुर्घटनामा परी एक जना युवाको मृत्यु भएको छ ।
पोखरा १९ घार्मीबाट लामाचौर तर्फ आईरहेको ग १० प २५२१ नम्वरको स्कुटर ब्रेक फेल भई दुर्घटनामा पर्दा पोखरा १६ अम्विका थरका १८ बर्षिय आर्यन गुरुङको ज्यान गएको हो । स्कुटरमा सवार अन्य २ जना मध्ये सोही वडाका चरण गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको र अर्का अन्नपुर्ण ४ सल्यानका विज्ञान केसीलाई सामान्य चोट लागेको वडा प्रहरी कार्यालय बगरले जानकारी दिएको छ । ३ जना एउटै स्कुटरमा सवार रहेको र ओरालो सडकमा नियन्त्रण हुन नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनियन्त्रीत स्कुटर घर अगाडीको रेलिङमा आएर ठोक्किएको थियो । विद्यालय पोशाक मै रहेका उनीहरु पोखरा आदर्श विद्यालय बगरमा अध्ययनरत विद्यार्थी रहेको बताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






