एभरेष्ट आवाज र एभरेष्ट एफ.एम.कर्मि जुना थापा सम्मानित भएकी छन्। गोर्खा मिडिया लिमिडेट अन्तर्गतको गोर्खा मिडिया डटकमले पाँचौं बार्षिकोत्सवको अवसरमा घोषित सम्मान पत्रकार थापासहित सिताराम गुरागाईंलाई पोखरामा प्रदान गरेको छ । उनीहरुलाई तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
मिडियाले गत सेप्टेम्बर १४ तारिखमा यूकेमा आफ्नो वार्षिकोत्सव मनाइसकेको छ । उक्त समयमा बाँकी रहेको सम्मान मिडियाका प्रबन्ध निर्देशक मिलन तमु नेपाल आएको बखत प्रदान गरिएको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले गोर्खा मिडियाले यूकेमा बस्ने नेपालीहरुलाई सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताए । गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले २१ औं शताब्दीमा मिडियाले परिवर्तनको संवाहकको भूमिका खेलिरहेको बताए । त्यसमा यूकेबाट सञ्चालन भएको गोरखा मिडियाले एउटा इट्टा थप्ने काम गरेको उनले सुनाए ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन गुरुङले नेपालबाट समाचार सम्पादनमा गुरागाईं र समाचार वाचिकाका रुपमा थापाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जानकारी दिए । आगामी दिनमा पनि ‘सूचना र सामाजिक सेवा सँगसँगै’ मूल नारालाई आत्मसात गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए । गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ मा स्थापना भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






