जिल्ला समन्वय समिति कास्कीद्वारा अर्धबार्षिक समिक्षा सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८२ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीले, विकास निर्माण सम्बद्ध कार्यालयहरूको चालु आर्थिक बर्ष २०८२–८३ को अर्धबार्षिक समिक्षा सम्पन्न गरेको छ ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उदघाटन गरे । उनले बिगतको कार्यसम्पादनको स्थिति र भाबी कार्यसम्पादनलाई प्रभाबकारी बनाउने उद्देश्यले नियमित कार्यतालिका मुताबिक कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले बिकासमा भएका बाधा व्यवधान हटाउन र कार्यसम्पादनको स्थिति सुधार गर्न कार्यक्रम फलदायी भएको उल्लेख गर्दै निरन्तर हुने समीक्षाले कमीकमजोरी सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बिगतका कमीकमजोरी सुधार्दै सबल कार्य सम्पादनमा ध्यान दिन सरोकारवाला कार्यालयहरूलाई सुझाव दिए । काम ,क्रियाकलाप र जिम्मेबारी ,कार्यसम्पादनको अबस्था र गुणस्तर लगायतका बिषयमा विभिन्न १५ कार्यालयहरूले आफ्नो कार्यालयहरूको विवरण प्रस्तुत गरेका हुन् । स्थानीय पूर्वाधार बिकास आयोजना कार्यालय मुग्लिंग पोखरा सडक आयोजना पश्चिम खण्ड संघिय आयोजना कार्यान्वयन इकाई सडक डिभिजन कार्यालय ,खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, डिभिजन वन कार्यालय,जलस्रोत तथा सिंचाई विकास कार्यालय कास्की पूर्वाधार विकास कार्यालय गण्डकी ,नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र ,नेपाल टेलिकम ,पोखरा शहरी विकास तथा भवन कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ,पूल सेक्टर लगायतले आफ्नो कार्यालयको कार्य प्रगतिको समिक्षा विवरण पेश गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य सितादेवी विश्वकर्मा र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।