इटालीलाई नेपालले दियो १२४ रनको लक्ष्य


     एभरेस्ट आवाज    
     माघ २९ गते २०८२ मा प्रकाशित




नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ। टि-२० विश्वकपको दोस्रो खेलमा नेपालले इटालीलाई १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२४ रनको लक्ष्य दिएको हो । मुम्बईको वान खेडे मैदानमा भएको खेलमा नेपालले एकपछि अर्को गर्दै विकेट गुमाउँदा झिनो लक्ष्य प्रस्तुत गर्यो । नेपालका लागि सर्वाधिक आरिफ शेखलेस २४ बलमा २७ रन कप्तान रोहित पौडेलले १४ बलमा २३ रन करण केसीले ११ बलमा १८ रन र आसिफ शेखले २० बलमा २० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । १२४ रनको विजय लक्ष्य पछ्याउने क्रममा इटलीले केहीबेरपछि ब्याटिङ गर्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।