पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप मावि तथा पोखरा लिङ्कन इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा हुने तेह्रौँ संस्करणको अण्डर टुवेल ह्याण्डवल टुर्नामेन्टको तयारी पुरा भएको छ ।
यही फागुन १, २ र ३ गते विद्यालय परिसरमा सञ्चालन हुने उक्त टुर्नामेन्टमा १२ वर्ष उमेरमुनिका साथै हाल कक्षा ५ सम्म नियमित अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउने छन् । पोखराभित्रका विद्यालय लक्षित टुर्नामेन्टमा छात्रतर्फ १७ टिम र छात्रातर्फ १२ टिम गरि कुल २९ टिमको सहभागिता हुने भनी आयोजक लिटिल स्टेप मा.वि.को तर्फबाट संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए । उनले ह्याण्डबल खेलका लागि उपकर ण, प्रविधि, प्राविधिक–प्रशिक्षक, र े फ्री आदिको सुलभता नेपालमा त्यति अझ पनि नभइसकेको अवस्थामा मोफसलबाट गरिएको यो प्रयासलाई सबै पक्षबाट यथाशक्य सहयोग प्राप्त हुने आशा व्यक्त भयो ।
अध्ययन अध्यापनका साथसाथै विद्यार्थीहरुको शार ीरि क, मानसिक एवम् बौ द्धिक विकासका लागि यस टुर्नामेन्टलाई आजसम्म निरन्तरता दिइएको धाराणा संस्थापक प्राचार्य पम्फा गुरुङले बताईन् । बाह्र्रौ संस्करण सफलतापूवर्क सम्पन्न गरेको यस विद्यालयले तेह्रौं संस्करण पनि सबै पक्षको सहयोगले मात्र सफलता पूर्वक सम्पन्न हुने आशा एवं विश्वास पनि व्यक्त गरिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






