पोखरा, फागुन २
पोखरा–गैह्रापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला चयन भएकी छन् । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले कोईरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिको निवर्तमान अध्यक्षमा रामचन्द्र शर्मा घिमिरे, उपाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना, सचिवमा ईन्दिरा कोईराला र कोषाध्यक्षमा पुजनकुमार श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गा खेड्का, कृष्ण प्रजापती थापा, कोपिला पण्डित, सन्देश श्रेष्ठ र जय गोपाली सर्वसम्मत चयन भएको निर्वाचन समितिका शंकरनाथ कोईराला र नारायणकुमार श्रेष्ठले घोषणा गरे ।
यसअघि प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर–४ का वडा सदस्य तथा ज्ञानमार्ग टोल विकास संस्थाका पूर्व अध्यक्ष प्रकाश कोईरालाले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसमा बोल्दै उनले ज्ञानमार्ग टोललाई चाँडै नाङ्गो तारमुक्त टोल बनाउने घोषणा गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







