पोखरामा भएको १२ वर्ष मुनिका छात्र तथा छात्रा सहभागि १३औं लिटिल स्टेप ह्याण्डबल प्रतियोगिताको उपाधि आयोजक लिटिल स्टेप र प्रगति स्कुलले जितेका छन् ।
पोखरा महानगरपालिका–८ स्थित पोखरा लिकंन इन्टरनेशनल र लिटिल स्टेप माध्यमिक विद्यालयले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको आइतबार सम्पन्न भएको फाइनल खेलमा छात्रातर्फ प्रगति स्कुलले गण्डकी बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै छात्रतर्फ आयोजक लिटिल स्टेप माविले विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुललाई पराजित गर्दै उपाधि चुम्न सफल भयो ।छात्रातर्फ माउण्ट अन्नपूर्ण मावि र छात्रतर्फ गण्डकी बोर्डिङ स्कुलले तृतीय स्थान प्राप्त गरे ।
यस्तै विधागततर्फ छात्रातर्फ प्रगति स्कुलका प्रिर्यसु परियार उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि पनि सोही विद्यालयका दिति बानियाँले प्राप्त गरिन भने फेयर प्ले टिमको उपाधि सबलाइम माविले प्राप्त ग¥यो । त्यस्तै छात्रतर्फ लिटिल स्टेप माविका सुजन थापा उत्कृष्ट गोल रक्षक, विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलका सनिस वि।क। उत्कृष्ट खेलाडी र आयोजक लिटिल स्टेप माविका रोहित टमाटा सर्वाधिक गोलकर्ता घोषित भए भने फेयर प्ले टिमको उपाधि डायमण्ड माविलाई प्राप्त गर्यो ।
प्रतियोगिता शुक्रबारदेखि सञ्चालन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






