पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मादक पदार्थ सेवन गरी स्कुल बस सञ्चालन गरेको आरोपमा मंगलबार थप पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा चल्ने विद्यालय बस चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको भन्ने जनगुनासोका आधारमा आज बिहान करिब ४:०० बजे ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो।
चेकजाँचका क्रममा पाँच जना चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा पर्नेमा रत्न ज्योती बोडिङ स्कुलको ग १ क ५९६२ नम्बरको बस चालक ४२ वर्षीय गोबिन्द क्षेत्री, KEF सेकेन्डरी स्कुलको ग १ क ४७६३ नम्बरको बस चालक ४५ वर्षीय सर्वजित रेग्मी, गुरुकुल विद्यासन बोडिङ स्कुलको ग १ क १९५७ नम्बरको बस चालक ४७ वर्षीय दल बहादुर सुनार, इमानुयल बोडिङ स्कुलको ग १ क ५००८ नम्बरको बस चालक ४७ वर्षीय मन बहादुर तामाङ तथा गण्डकी बोडिङ स्कुलको ग १ क ६६२३ नम्बरको बस चालक ३० वर्षीय रोनिश खनाल रहेका छन्।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतका अनुसार विद्यालय बस जस्ता संवेदनशील सवारी साधन सञ्चालनमा मादक पदार्थ सेवन जस्तो गम्भीर लापरवाही नियन्त्रण गर्न नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १९ पोखरामा “हिमाल बजार” सञ्चालन भएको छ । पोखरा–८ बगालेटोलमा…






